
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
समितिले शनिबार प्राधिकरणको रिक्त संचालक समितिको अध्यक्ष पदको लागि दरखास्त आह्वान गर्दै सूचना जारी गरेको छ । समितिले ७ दिन समय राखेर सूचना जारी गरेको हो । सरकारले तोकेको योग्यता पुगेका योग्य इच्छुक नेपाली नागरिकले ७ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) वमोजिम बीमा मौद्रिक बैंकिङ, वाणिज्यशास्त्र व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि