
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा ४६ करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४६ करोड ८१ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले गत आवको भन्दा ९.४५ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३५ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ ।
८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।












समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु