
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको हो ।
यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न आवेदन दिँदा कम्तीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता सेयर किन्न सकिनेछ।
यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकि बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ ।













समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य