नेपाल फाइनान्सको संस्थाप सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको हो ।

यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न आवेदन दिँदा कम्तीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता सेयर किन्न सकिनेछ।

यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकि बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार