
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक एकले अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७६५ दशमलव ८८ विन्दुमा पुगेको छ । यो सातामा सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको हो । आज सेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८१ अंकले बढेर ४६० दशमलव ०६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ६ उपसूचको सेयर मूल्य घटेको छ भने ७ उपसूचकको सेयर मूल्य बढेको छ ।
नेप्से परिसूचक बढेको दिन कारोबार रकममा भने करिब २ अर्बको गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ९० कराड ९३ लाख ८६ हजार २२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९७ हजार ५६२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गार्डियन माइक्रो लाइफ र नेपाल ल्यूब आयलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजारमा सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र ल्यूब आयल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ८५ रुपैयाँ ८० पैसाले बढेर ९४४ रुपैयाँ पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ल्यूब आयलको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् २५ रुपैयाँ १० पैसाले बढेर २७६ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीहरुमा सपोर्ट मइक्रो फाइनान्स वित्तीय संस्था, भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी र नेपाल रि इन्स्योरेन्स कम्पनी रहेका छन् । आज सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य २५५ रुपैयाँ ९० पैसाले बढेर ३ हजार १११ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९६ प्रतिशतले बढी हो ।
त्यस्तै भूगोल इनर्जिको सेयर मूल्य पनि ६६ रुपैयाँले बढेर ८५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४१ प्रतिशतले बढी हो । त्यस्तै नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य पनि आज ६.२८ प्रतिशत अर्थात् ७७ रुपैयाँले बढेर १ हजार २०४ रुपैयाँ पुगेको छ ।
विन नेपाल लघुवित्तको सेयर मूल्यमा धेरै गिरावट
मंगलबार सेयर बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरैले घटेको छ । आजको कारोबार बन्द हुँदा १३२ कम्पनीको सेयर मूल्य घटेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ३३९ रुपैयाँ १० पैसाले घटेर ३ हजार ४४० रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि आज ४७ रुपैयाँ १० पैसाले घटेर ६५७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६८ प्रतिशतले घटेको हो ।
आज रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ४.६१ प्रतिशत अर्थात् २९ रुपैयाँले घटेर ६०० रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ४.१७ प्रतिशत अर्थात् २४ रुपैयाँले घटेर ५५१ रुपैयाँ पुगेको छ । मंगलबार बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ७५० रुपैयाँले घटेर १७ हजार ८०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०४ प्रतिशतले कम हो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू