
काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भई रहेको छ । आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यी तीन प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ । मधेस प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।













समाचार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
कीर्तिमानी मूल्यमा हिमालय टीभीले पायो एनपीएल प्रत्यक्ष प्रसारण अधिकार
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
जोखिमपूर्ण अवस्थाले खोजी तथा उद्धार अवरुद्ध हुनुहुँदैन : राष्ट्रपति पौडेल
‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी