
रामेछाप । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।
विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।
भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण माझीले बताए। रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक। हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीरुको भाषा र संस्कृतिका वारेमा पढाइ हुने गरेको छ ।
पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नविर्सिउन भनेर जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताए। माछा मार्नु, बिभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरुको पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगको छ ।
भाषा र सस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ । सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेका दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।
यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धि जानकारी भएको ले यो कायर्कक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताइन् । रामेछापमा माझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व