
काठमाडौं । देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पुँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन् ।
नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले हालको संवेदनशील परिस्थितिमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकाले “अनावश्यक बिक्री चाप (एबलष्अ क्भििष्लन) बढ्ने र साना लगानीकर्ताले अपूरणीय क्षति बेहोर्नुपर्ने जोखिम उच्च भएको” उल्लेख गरेका छन्।
पत्रमा भनिएको छ, “धितोपत्र बजार अत्यन्त संवेदनशील हुन्छ, राष्ट्रिय राजनीतिक परिस्थिति अस्थिर हुँदा यसको प्रत्यक्ष असर बजारमा देखिन्छ। यस्तो अवस्थामा कारोबार निरन्तर हुँदा समग्र पूँजीबजार धराशायी बन्ने खतरा बढेको छ।” संघ–संस्थाहरूले हाललाई कारोबार स्थगित गरी शान्ति–सुरक्षाको प्रत्याभूति र आर्थिक गतिविधि सहज भएपछि मात्र बजार सञ्चालन गर्नुपर्ने माग गरेका छन्। साथै, यसअघि लगानीकर्ताले राखेका सुधारका मागलाई धितोपत्र बोर्डले द्रुतगतिमा अघि बढाउनुपर्ने जोड पनि दिएका छन्।
उनीहरूले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, स्टक ब्रोकर संघलगायत सरोकारवालाबीच छलफल गरेर राजनीतिक अवस्था स्थिर नहुँदासम्म कारोबार स्थगित गर्ने निर्णय गर्न आग्रह गरेका छन्।














समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज