कहिले बाँडफाँट हुँछ बन्दीपुर केवलकारको आईपीओ ?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो ।

आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । उक्त आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो । अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण समेतलाई आईपीओ खुला गरेको हो । कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार