
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १११.०१ अंकले बढेर २६२३.६२ विन्दुमा पुगेर बन्द भएको छ ।आइतबार ३२९ वटा कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख पुगेको छ ।
यसदिन बजार पुँजीकरण रकम ४३ खर्ब ८५ अर्ब ९९ करोड रहेको छ । यस दिन ११ वटा समूह बढेको र २ वटा घटेको छ । वाणिज्य बैंक ६०, विकास बैंक ३२३, वित्त १२४, होटल पर्यटन १४५, जलविद्युत १८६, लगानी ८, जीवन बीमा ६६७, उत्पादन र प्रशोधन ३३९, व्यापार ३०७ र अन्य समूह ३७ बढेको हो। लघुवित्त ०.१४, निर्जीवन बीमा ४६० अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स ,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड , शिवम सिमेन्ट्स लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्सको ८३ करोड १३ लाख, हिमालयन रिइन्स्योरेन्स ४८ करोड २६ लाख ,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ३० करोड ४८ लाख, शिवम सिमेन्ट्स लिमिटेड २७ करोड १ लाख र हिमालयन डिस्टिलरी लिमिटेडले २४ करोड ७ लाख बराबर कारोबार भएको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै