
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा सरकारले करिब ६ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । यो लक्ष्यको ८१.४० प्रतिशत हो ।
सरकारले पुससम्ममा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । त्यस्तै सरकारले पुस महिनाको लागि १ खर्ब ९० अर्ब ७७ करोडको लक्ष्य लिएकोमा ८८.६७ प्रतिशत लक्ष्य हासिल गरेको छ । पुस महिनामा सरकाराले १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ । पुस ३० गते मात्रै १७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा पुस मसान्तसम्म ६ खर्ब ७२ करोड ८१ लाख रुपैयाँ संकल गर्ने लक्ष्य लिएको थियो भने ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो । उक्त आवको पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व