
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन उपाधि जिताएका प्रशिक्षक पुबुदु दासानायक अमेरिकाको प्रशिक्षक बने पछि जनकपुरले नयाँ प्रशिक्षकमा वेस्ट इन्डिजका लिजेन्ड शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जनाएका छन् । खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन् । एनपिएलको पहिलो संस्करणमा टोलीको मुख्य प्रशिक्षक रहेका दासानायकेलाई क्लबले उनको योगदानको लागि धन्यवाद दिएको छ ।
चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम