
काठमाडौं । पञ्जाब किङ्सलाई ३३ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ । हैदराबादमा बुधबार भएको उच्च स्कोरिङ खेलमा २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबका कुपर कोनोलीले अविजित १०७ रनको शानदार शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याटरबाट राम्रो साथ नपाउँदा पञ्जाबले लगातार तेस्रो हार बेहोर्यो । टोलीका लागि दोस्रो ठूलो स्कोर मात्र २८ रन रह्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले ४ विकेट गुमाएर २३५ रनको विशाल योगफल तयार गरेको थियो। टोलीलाई आक्रामक सुरुआत दिलाउने क्रममा ट्राभिस हेडले १९ बलमा ३८ रन बनाए । अभिषेक शर्माले १३ बलमा ३५ रन जोडे।
त्यसपछि हेनरिक क्लासेन र इशान किशनले इनिङ सम्हाल्दै तीव्र गतिमा रन बटुले । क्लासेनले ४३ बलमा ६९ रन बनाए । किशनले ३२ बलमा ५५ रनको इनिङ खेले । चोटपछि टोलीमा फर्किएका नितिश कुमार रेड्डीले अन्तिमतिर १३ बलमा अविजित २९ रन बनाउँदै टोलीलाई विशाल स्कोरसम्म पुर्याए ।
पञ्जाबको जवाफी ब्याटिङ भने सुरुदेखि नै दबाबमा रह्यो। कप्तान प्याट कमिन्सको उत्कृष्ट कप्तानीमा हैदराबादका बलरहरूले सुरुआती विकेट लिँदै पञ्जाबलाई समस्यामा पारे। प्रियंश आर्य, प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यर सस्तैमा आउट भएपछि टोली दबाबमा पर्यो। कमिन्सले र शिवाङ कुमारले समान २ विकेट लिए। इशान मालिंगाले उत्कृष्ट क्याच लिँदै टोलीलाई ऊर्जा दिएका थिए। यो जितसँगै सनराइजर्स हैदराबाद १४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पञ्जाब किङ्स १३ अंकसहित दोस्रो स्थानमा झरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि