
काठमाडौं । डेवाल्ड ब्रेभिसको कीर्तिमानी ब्याटिङको मद्दतमा अष्ट्रेलिया विरुद्धको दोस्रो टि–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भउको छ । डेवाल्ड ब्रेभिसले १२५ रनको पारी खेलेको खेलमा दक्षिण अफ्रिका ५३ रनले विजयी भएको हो ।
२१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १६५ रनमा समेटियो । यो जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिज १–१ मा बराबरी पुगेको छ । योसँगै अष्ट्रेलियाको टि ट्वान्टी आईमा ९ खेलको जितको श्रृंखला पनि तोडियो । टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५७÷३ को स्कोरबाट उच्च स्कोर बनाउन सफला भयो । रायन रिकेल्टन १४, एडेन मार्कराम १८ र लुवान–द्रे प्रेटोरियस १० रनमा आउट भए । त्यसपछि २१ वर्षका ब्रेभिसले अद्भुत ब्याटिङ प्रदर्शन गर्दै खेलको कथा नै बदलिदिए । दक्षिणले ७ विकेटको नोक्सानीमा २१८ रन बनाएको थियो ।
कठिन लक्ष्य पछ्याएको अष्ट्रेलियाको इनिङ सुरुदेखि नै अस्थिर रह्यो । दोस्रो ओभरमा एडेन मार्करामको बलमा ट्राभिस हेड ५ रनमा बोल्ड भए । क्वेना मफाकाको बलमा क्यामरुन ग्रीन ९ रनमा आउट भए । मिचेल मार्श र टिम डेभिडले ४८ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले प्रयास गरे। तर मार्श कोर्बिन बोसको बलमा क्याच भए । डेभिडले भने ४ चौका र ४ छक्कासहित २३ बलमा अर्धशतक पूरा गरे । लगत्तै कागिसो रबाडाको स्लो बलमा आउट भए ।
निर्णायक तेस्रो टि ट्वान्टी बिहीवार हुनेछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह