
काठमाडौं । जुड बेलिंघमको दुई गोलको मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गरेको हो ।
पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।
दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो । इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना