
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा सुरु भएको खेलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नन्दन यादवको स्थानमा नेपालले आदिल आलमलाई खेलाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनको ऐतिहासिक जित निकालेको थियो । जुन नेपालले आइसीसीको पूर्ण सदस्यराष्ट्र विरुद्धको पहिलो जित थियो । आजको खेलमा जित हासिल गरेको खण्डमा नेपालले पूर्ण सदस्य राष्ट्र विरुद्धको सिरिज जित्ने इतिहास समेत कायम गर्ने छ ।
वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । त्यस्तै दुई पटक नै एकदिवसिय क्रिकेटको उपाधी पनि उसले जितेको छ । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह