
काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ । दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फत ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ वर्षमुनि महिला÷पुरुष र ३५ वर्ष माथि भेट्रान महिलातर्पm ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । करिब २ सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । महिला/पुरुष खुल्ला ५ किलोमिटरमा पहिलोलाई हुनेले १२ हजार, दोश्रोलाई ८ हजार, तेश्रोलाई ४ हजार, चौथोलाई २ हजार, पाँचौंलाई १ हजार ५ सय र छैटौंदेखि दशौंलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
४५ वर्षमाथि भेट्रान पुरुषमा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार, चौथोलाई २ हजार, पाँचौलाई १ हजार ५ सय र छैटौंदेखि दशौंलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । १८ वर्षमुनि ३ किलोमिटरमा महिला÷पुरुषतर्पm प्रथम हुने खेलाडीलाई ९ हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ३ हजार, चौथोलाई २ हजार, पाँचौलाई १ हजार ५ सय र छैटौंदेखि दशौलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
३५ वर्षमाथि महिला भेट्रानमा प्रथम हुनेलाई खेलाडीलाई ७ हजार, द्वितीयलाई ४ हजार, तृतीयलाई २ हजार, चौथोलाई १ हजार ५ सय, पाँचौंलाई १ हजार २ सय र छैटौंदेखि दशाैँलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । अनुमानित बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको बताइएको छ । ५ किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंक प्रदान गरिने छ । यो दौड २ महिनाको अन्तरालमा ३ चरणमा हुनेछ । बाँकी २ चरणको दौडमा पनि पहिलो चरण सरहनै अंक प्रदान गरिने । तेश्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ । ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हँुंदै पुनः नगरपालिका भवनमा सम्पन्न हुनेछ । चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना