
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको परिसूचक आज भने सामान्य अंकले बढेर कारोबार भएको हो ।
आज सेयर बजार परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा पुगेको हो । आज सेयर बजार कारोबार भएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले बढेर ४५७.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब ८२ करोड माथिको कारोबार भएको छ । आज सेयर ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर १ लाख २ हजार ६४२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल