
काठमाडौं । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मस्र्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आयोजनामा ऋण लगानीका लागि कम्पनी र बैंकहरूबीच बुधबार राजधानीको होटल एभरेष्टमा एक कार्यक्रमका बीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरण मार्फत ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ । आयोजनाको बाँकी ३ अर्ब ८० करोड रुपैयाँ भने प्रवद्र्धक कम्पनीले स्वपुँजी (इक्विटी) मार्फत व्यवस्थापन गर्नेछ ।
गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसी सहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका भएर बहने मस्र्याङ्दी नदीमा यो आयोजना निर्माण भइरहेको छ । आयोजनाको निर्माण सम्पन्न गर्नका लागि ४ वर्षको अवधि तोकिए तापनि निर्माण कार्यलाई तीव्रता दिँदै आगामी ३० महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब–स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
यसअघि नै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०७५ भदौ १० गते विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ। त्यस्तै, २०७४ असोज १ गते ऊर्जा मन्त्रालय, विद्युत विकास विभागबाट आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो। वित्तीय व्यवस्थापनको काम सकिएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै