
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन् । बुधबार त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले प्रधानमन्त्री एक्लैले १९ वटा विश्वविद्यालयको जिम्मेवारी बहन गर्न नसक्ने बताएकी हुन् ।
‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरि भारी बोकेर हिँड्न सकिँदैन,’ कार्कीले भनिन्, ‘स्वायत्तताको माग उठिरहेकाले अब विश्वविद्यालयले आफ्नै कार्यक्रम र योजना बनाउन पाउनुपर्छ ।’ उनले कुलपति राजनीतिक आधारमा नभइ, विज्ञमार्फत चयन हुनु पर्ने बताइन् । ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी सम्भव हुन्छ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ कार्कीले भनिन् ।
यसैबीच त्रिभुवन विश्वविद्याल सभा (सिनेट) बैठकले आर्थिक बर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको सभाले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन संरक्षण गर्न तारबार र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाडौँ बाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने जनाईएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व