
काठमाडौं । बुध्द एयरले भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । कम्पनीले बुधबार(आज) देखि भारतको वाराणसीका लागि तेस्रो उडान थप गरेको हो ।
यसअघि वाराणसीमा साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुध्द एयरले जनाएको छ । बुध्द एयरको भगनी संस्था बुध्द होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास बुध्द एयरको छ ।
बुध्दका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी सुुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौंबाट ७ः१५ तथा वाराणसीबाट ८ः३० रहेको कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व