काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस ११ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गतेका लागि साधारणसभा बोलाएको हो ।
उक्त सभा दिउसो साढे ३ बेजेदखि सुरु हुने जनाइएको छ । सभाले २० प्रतिशत बोन सेयर र १०.९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्ने छ । त्यस्तै सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरु अनुमोदा गर्ने छ । सभाले विशेष प्रस्तावका रुपमा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।