
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे पछिको हप्ता दिनमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्यो । उक्त दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछि अर्थात जेठ २२ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १८ हजार ४०० रुपैयाँले बढेको हो ।
बजेट भाषणपछि एकैदिन जेठ १७ गते आईतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेर त्यसदिन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो । जेठ १८ गते सोमबार प्रतितोला २०० रुपैयाँले सुनको मूल्य घट्न पुग्यो । उक्त दिन सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जेठ २० गते बुधबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, जेठ २१ गते बिहीबार भने सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै, जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले घटेर सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय रुपमा मूल्यवृद्धि, अमेरिका–इजरायल द्वन्द्वलगायतका कारण पनि सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह