
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंक , सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ३६५.७१ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३८४ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
सिंगटी हाइड्रोको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ २७१.४३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८५ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
यता, नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस सेयरमा मूल्य समयोजना हुँदा ६६९.६३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७२९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
नेपाल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ७७८.५७ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ८१७.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ ।











समाचार
एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित
आईएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा
रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान, के छन् एजेण्डा ?
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह