
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दै छ । आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, चन्द्रागिरी हिल्स र तारागाउँ रिजेन्सी होटलको साधारणसभा आज आयोजना हुँदैछ ।
तीन वटै कम्पनीहरुले लाभांश प्रस्ताव सहितका एजेण्डा सहित सभा गर्दैछन् । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे १९ औँ वार्षिक साधारणसभा बस्दैछ ।
चन्द्रागिरी हिल्स लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि आज काठमाडौंको थानकोटस्थित आफ्नै कम्पनीको स्टेशनमा बिहान ११ बजेदेखि १६ औँ वार्षिक साधारणसभा बस्दैछ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरको छ । निर्णय पारितका लागि आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि १९ औँ वार्षिक साधारणसभा बस्दैछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह