
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी होटल फरेस्ट इन् लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम मौका रहेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत माघ ४ गतेदेखि श्रम स्वीकृति लिएका नेपालीहरूका लागि सेयर बिक्री खुला गरेको थियो।
यस चरणमा कम्पनीले कुल ४ लाख कित्ता सेयर निष्काशन गरेको हो। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। उक्त आईपीओको बिक्री व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेडले गरिरहेको छ।
पहिलो चरणको प्रक्रिया सम्पन्न भएपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन् लिमिटेडलाई गत पुस २० गते आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको थियो। बोर्डको अनुमतिअनुसार कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्काशन गर्नेछ।
होटल फरेस्ट इन् लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ क्षेत्रमा पाँचतारे स्तरको ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै