
काठमाडौं । सेयर कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचकमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक १.०४ प्रतिशतले बढेर हरियाली छाएको हो ।
आज सेयर बजार परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४७३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५८ हजार ५५२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन