
काठमाडौं । लगातार दुई दिन वृद्धि भएको नेप्से परिसूचक आज घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज ११ अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ११ दशमलव २४ अंकले घटेर २७४८ दशमलव ९६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८० कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४८८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ ।
आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज पौने ८ अर्ब बढीको मात्रै कारोबार भएको छ । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३१२ कम्पनीका १ करोड ६७ लाख ८६ हजजार ९२३ कित्ता सेयर ८२ हजार ५७० पटक खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान