
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै यो सेयर किन्न सक्नेछन् । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व