
काठमाडौं । यो साता सेयर बजार ६८ अंकभन्दा बढीले घटेको छ । यो साता सेयर बजार परिसूचक ६८ दशमलव ३४ अंकले बटेको हो । यो गत साताको भन्दा २.४९ प्रतिशतले कम हो । यो साताको अन्तिम दिनको कारोबार अवधिपति नेप्से परिसूचक २६८० दशललव ४४ विन्दुमा पुगेको हो ।
यो साता बजार खुलेका ४ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो । यस साताको मंगलबार र बिहीबार नेप्से घटेको थियो । अन्य दुई दिन बढेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स १३ दशमलव ०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४ दशमलव ८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ३४ अंक घटेको छ ।
नेप्सेसँगै यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको सेयर किनबेच भएको बजारमा यो साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.५२ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या ०.३५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.८० प्रतिशत घटेको छ ।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २.४९ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ६८ अर्ब झरेको छ ।
यो साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता म्युचुअल फण्ड र विकास बैंक उपसमूहको परिसूचक क्रमशः ०.३२ प्रतिशत र ०.१४ प्रतिशत बढेको छ । यो साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.११ प्रतिशत घटेको छ । गत साता ३७६१ दशमलव ७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९२ दशमलव ३४ अंक घटेर ३५६९ दशमलव ४३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४९६ दशमलव ३८ अंक घटेको छ ।
यो साता महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १५.८१ प्रतिशत बढेको छ । त्यस्तै, यस साता अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे १३ प्रतिशत बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ । यस साता गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १९.८८ प्रतिशत घटेको छ । त्यसैगरी, यस साता समृद्धि फाइनान्सको सेयरमूल्य १७.७० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य १०.४० प्रतिशत घटेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै