
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ ।
सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन पोर्टलमार्फत इकाई खरीद तथा बिक्री गर्न सक्नेछन् । साथै सानिमा बैंकका सम्पूर्ण शाखा तथा काउन्टरहरूबाट पनि यो सेवा उपलब्ध हुने जनाइएको छ ।
यस योजनामा लगानीकर्तालाई ‘एसआईपी’ (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) मार्फत समेत लगानी गर्ने सुविधा दिइएको छ । सोअन्तर्गत न्यूनतम १ हजार रुपैयाँबाट नियमित लगानी शुरु गर्न सकिने व्यवस्था गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल