
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक बनेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा १३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३० करोड ६६ लाख ९५ हजार रुपैयाँ घनात्मक देखिएको हो ।
९ महिनाको अवधिमा कम्पनीको बीमा ब्यवसाय समेत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । उक्त ब्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको ब्यवसाय ८३ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको कुल आम्दानी सामान्य बढेर १ अर्ब २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म यस्तो आम्दानी १ अर्ब १३ करोड २८ लाख रुपैयाँ थियो। कम्पनीको कुल खर्च ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष १ अर्ब २० करोड ३७ लाख रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा ७ करोड ६७ लाख र जगेडा कोषमा १२ लाख १५ हजार रुपैयाँ सञ्चिति रहेको छ ।













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर