
काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (Research Grant) प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।
बैंकिङ र अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीहरुलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना सोधकर्ता विद्यार्थीहरुलाई बैंकिङ, अर्थतन्त्र र सुचना तथा प्रविधिसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । उक्त अनुदान प्राप्त गर्नको लागि सम्वन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ । सम्वन्धित विषयका विज्ञ समेत रहेको छनौट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरुको छनौट गर्नेछ । विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टीकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ । बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकवाट Fellowship/Research Grant प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलव्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकको व्यवस्था वमोजिम अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था हो । उक्त अनुसन्धान अनुदान सम्वन्धि विस्तृत विवरण बैंकको वेभसाइट www.kamanasewabank.com वाट प्राप्त गर्न सकिनेछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह