घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार आज सुन तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला  २ लाख ७८ हजार रुपैयाँ थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज चाँदी पनि १७० रुपैयाँले घटेको छ । । बजारमा चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ६५५ रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार