
काठमाडौं । रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए । तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताए ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो