
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३–२ ले हरायो । ८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो खेलसँगै आर्सनलले घरेलु मैदानमा सिजनको पहिलो हार भोग्यो ।
शीर्षस्थानका प्रतिस्पर्धी म्यानचेस्टर सिटी र एस्टन भिल्लाको जितले आर्सनलको अग्रता केवल ४ अंकमा सीमित भएको छ । खेलको सुरुवात आर्सनलले शानदार ढंगले गर्यो र खेलको २९ औँ मिनेटमा युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलमस अग्रता लियो। तर, युनाइटेडले मौका पायो जब मार्टिन जुबिमेन्डीको खराब पासले ब्रायन म्बेउमोका लागि सजिलो गोलको अवसर बनायो। म्बेउमोले डेभिड रायालाई छकाइदिँदै गोल गर्दै खेल ३७ औं मिनेटमा बराबरीमा ल्याए।
दोस्रो हाफको पाँचौं मिनेटमा प्याट्रिक डोर्गुले शानदार गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ८४ औँ मिनेटमा मिकेल मेरिनोले कोर्नरबाट आएको बलमा बराबरी गोल गरे । बराबरी उन्मुख खेल सकिन ३ मिनेट बाँकी रहँदा कुन्हाले कोबी मेनुको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै युनाइटेडको जित निश्चित गरे। यो जितसँगै म्यानचेस्टर युनाइटेड चेल्सी र लिभरपुललाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। आइतवार प्रिमियर लिगका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले, एस्टन भिल्लाले न्युक्यासललाई नटिङघम फरेस्टले बेनफोर्डलाई समान २–० ले हराएको छ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल