
काठमाडौं । पुनरागमन जित सहित बेल्जियम विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको हो । यो बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हो । यस्तै कप्तान युरी थिलेमन्सले १२५ औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो ।
८५ मिनेटसम्म २–० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो । निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २–२ को बराबरीमा पु¥याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुने संकेत थिएन र खेल पेनाल्टीसुटबउटतर्फ धकेलिरहेको थियो । तर अतिरिक्त समयमको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो ।
सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । जसमा कप्तान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ नाटकिय जित दिलाए । त्यसअघि खेलको २४ औं मिनेटमा हबीब डायरा र ५१ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ३ मिनेटपछि युरीले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए । बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बोस्नियालाई हराउँदै आयाेजक अमेरिका अन्तिम १६ मा प्रवेश
नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के के छन् एजेण्डा ?
कतारमा भइरहेको अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकारात्मक
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
पोखरा महानगरको बजेट पारित
पाँच वर्षपछि बल्ल सकियाे म्याग्दीको दरवाङ–निस्कोट सडक स्तरोन्नति
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
ह्यारी केनको दुई गोलमा इंग्ल्याण्डको पुनरामगन जित, अन्तिम १६ मा प्रवेश