
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.४५ अंकले घटेर ४५६.७१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको मूल्य घटेको छ । ३ वटाको मूल्य बढेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन सेयर बजारमा साढे ८ अर्ब माथिको कारोबार भएको छ । आज ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता