
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मात्रै बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले घटेर ४४९.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह