
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसुचक ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ अंकले घटेर ४४०.८८ विन्दुमा पुगेको हो । त्यस्तै आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटको घटेको छ ।
आज सेयर बजारमा ४ अर्ब ४९ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ५० हजार ६२१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह