
काठमाडौं । विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताएका छन् ।
एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटका बारेमा उद्यमी, व्यवसायी जानकारी दिन आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गर्नु आवश्यक रहेको बताए ।
फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोक कला, संस्कृति, पर्यटनका बारेमा विश्वभर जानकारी गराउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्ने क्रममा आगामी मे महिनामा काठमाडौंमा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागितामा एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटको आयोजना गर्न लागिएको जानकारी दिइन् ।
उनका अनुसार फाउन्डेसनले जापान फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स, सुडानलगायतका देशका नेपाली संस्कृति, कला, सङ्गीत, भाषासँगै पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रममा पर्यटन व्यवसायीहरू जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई, पत्रकार ऋषि धमलालगायतका वक्ताहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिए ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन