
काठमाडौं । चालु आवको फागुन मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि हो ।
चालु आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.८९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ । नबिलले यो अवधिमा कुल ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नाफाका हिसाबले सबै भन्दा अघि राख्न सफल भएको छ । गत वर्ष यो बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा २६.८७ प्रतिशतले वृद्धि भएको हो । नाफामा नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले यो अवधिमा ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा २.२६ प्रतिशतको गिरावट देखिएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशतको बढोत्तरी गर्दै ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो । यो अवधिमा सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत र कृषि विकास बैंकले ६५.५६ प्रतिशतले नाफा बढाएर आफ्नो वित्तीय अवस्थामा बलियो सुधार गरेका छन्। राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः ३५.६८ र २३.२१ प्रतिशतको सम्मानजनक वृद्धि देखिएको छ ।
कुल २० बैंकमध्ये झन्डै आधा अर्थात् ९ वटा बैंकको नाफामा गिरावट आएको छ। विशेषगरी लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशतको ठूलो गिरावट आएको छ भने कुनै समय आक्रामक व्यवसाय गर्ने एनआइसी एशिया बैंकको नाफा पनि ६२.४१ प्रतिशतले खुम्चिएर ३० करोड ८३ लाखमा झरेको छ । नेपाल बैंकको नाफामा पनि ६०.२८ प्रतिशतको पहिरो गएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि दोहोरो अंकको गिरावट देखिएको छ ।













समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल