
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई बधाई दिँदै परीक्षा सकिएको एक महिनामै नतिजा प्रकाशन गर्न सक्ने अवस्थामा पुर्याउने शिक्षक कर्मचारी सबैप्रति आभार व्यक्त गरेका छन् ।
यस्तो छ उनको भनाइ
एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि केवल एउटा नियमित प्रक्रिया मात्र होइन, समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्वपूर्ण उदाहरण पनि हो। लाखौं विद्यार्थी तथा अभिभावकहरूको प्रतीक्षालाई छोटो समयमा सम्बोधन गर्न सम्भव बनाउने यस कार्यमा परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म दिनरात खटिनुहुने सम्पूर्ण शिक्षक(शिक्षिका, कर्मचारी साथीहरू, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायतका सुधारात्मक प्रयासहरूले समयमै नतिजा प्रकाशन सम्भव भएको हो।
यस अवसरमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ र गुरुहरूको समर्पित मार्गदर्शनको प्रतिफल हो। यो केवल सुरुवात मात्र हो। अब यही गति र सुधारलाई २, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिबद्ध छ।
साथै, यसपटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसक्नु भएका विद्यार्थी भाइबहिनीहरूलाई निराश नहुन आग्रह गर्न चाहन्छु। एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन। धैर्यता, आत्मविश्वास र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो। नयाँ उत्साहका साथ पुनः अघि बढ्नुस् , सफलता अवश्य प्राप्त हुनेछ। फेरि एकपटक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै