
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अवधिमा साढे ४६ करोड रुपैयाँ माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०२ प्रतिशतले कम हो । यो अघिल्लो आवमा कम्पनीको नाफा ५४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा कम्पनीले ५३ अर्ब ४५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा यस्तो बीमाशुल्क आम्दानी ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँबाट ८.८२ प्रतिशतले बढेर ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च १०.१२ प्रतिशतले बढेर ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६४ अर्ब २६ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ३.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोष ६४.६१ प्रतिशतले घटेर ७९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ कायम भएको छ ।












समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै
देउवा आज स्वदेश फर्किँदै