
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १४ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६९ रुपैयाँ ४९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू