
काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ विशेषगरी युवा पुस्तामाझ वैकल्पिक राजनीतिक बहस र सामाजिक मुद्दामा सक्रिय रूपमा देखिएका रक्षा बम, रवि किरण हमाल र मिराज ढुङ्गानालाई समेत बैठकमा सहभागी नगराइएको विषयले बहस तातेको हो।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने युवाहरूलाई बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया देखिएको छ। युवा अधिकार, सुशासन, सामाजिक न्याय, डिजिटल स्वतन्त्रता र पुस्तान्तरणको बहस उठाउँदै आएका जेन्जी आन्दोलनका अगुवाहरूलाई संविधान संशोधन जस्तो महत्वपूर्ण प्रक्रियाबाट बाहिर राखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी भइरहेको छ।
आलोचकहरूले संविधान संशोधन केवल राजनीतिक शक्तिहरूको विषय नभई भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय एजेण्डा भएकाले युवाको प्रत्यक्ष सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन्। संविधान संशोधन कार्यदलले भने विभिन्न क्षेत्रसँग चरणबद्ध संवाद भइरहेको जनाएको छ। तर हालसम्म रक्षा बम, रवि किरण हमाल र मिराज ढुङ्गानासहित जेन्जी आन्दोलनका प्रतिनिधिलाई औपचारिक निमन्त्रणा नदिइएको विषय सार्वजनिक भएपछि यसको समावेशिता र प्रतिनिधित्वमाथि प्रश्न उठ्न थालेको छ। जेनजी आन्दोलनको अगुवाई गरेका रवि किरण हमाल र मिराज ढुंगानाले संविधान पुनर्लेखनको मुद्दा जबरजस्त उठाएका थिए।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला