
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको हो ।
इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए