
काठमाडौं । गत २०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनमा खटिएका कर्मचारीहरूको सामूहिक दुर्घटना बीमा अन्तर्गत मृतक मतदान अधिकृतका परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ।
निर्वाचन आयोगमार्फत निर्वाचन कार्यमा खटिएका २ लाख ८ हजार ७०१ जना सरकारी कर्मचारीको सामूहिक दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत गरिएको थियो। सोही क्रममा २०८२ साल फागुन १८ गते रामेछाप नगरपालिका–२ मा गाडी दुर्घटना हुँदा निर्वाचन कार्यमा खटिएका मतदान अधिकृत डोर प्रसाद घिमिरेको मृत्यु भएको थियो।
दुर्घटनापछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै राष्ट्रिय बीमा कम्पनीले मृतकका परिवारलाई २० लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको हो। उक्त रकमको चेक आज निर्वाचन आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ र निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले संयुक्त रूपमा मृतकका परिवारका सदस्य नवीन घिमिरेलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद आचार्य, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला, दाबी भुक्तानी विभागका सहव्यवस्थापक दीपकराज पाण्डेय तथा सहायक व्यवस्थापक दीपक खत्रीलगायतको उपस्थिति रहेको थियो।











समाचार
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः मन्त्री चौधरी
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
आज मध्यरात पछि स्थानीय तहमा नियमित आर्थिक कारोबार बन्द
पेट्रोलमा इथानोल मिसाउँदा भारतीय चालकहरुको असन्तुष्टि
दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने
बालेन शाहले भेटे निर्माण व्यवसायी, सुने निर्माण क्षेत्रले खेप्दै आएको सास्ती
मौद्रिक नीतिको सीबीफीनद्धारा स्वागत