
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा ३ लाख ३२ हजार आवेदकले १०÷१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह