
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असार ४ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा बिहान १० बजे सत्रौं र अठारौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नेछ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको सोही दुई आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ।
त्यसैगरी उक्त साधारणसभाले चालू आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा प्रयोजनका लागि जेठ २१ गते एक दिन कम्पनीको शेयर दाखिल खारेज बन्द (बूक क्लोज) रहने कम्पनीले जानकारी दिएको छ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय