
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू र सर्वसाधारणबीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भावका लागि सकृय रहन लागि सबै प्रदेश महासंघ तथा जिल्ला-नगर संघहरूलाई सक्रिय रहन आह्वान गरेको छ ।
तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिसकेको छ । महासंघले आफ्ना सबै मातहतका प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू तथा स्थानीय अगुवाहरूसँग आवश्यक समन्वय गरी भाइचारा र शान्ति सुरक्षा कायम राख्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ । परिस्थिति अनुसार स्थानीय प्रशासनको अनुमतिमा आवश्यकता हेरी सद्भाव ¥याली आयोजना गरी शान्ति र सद्भावको वातावरण बनाउन महासंघले प्रदेश महासंघ तथा जिल्ला-नगर संघहरूलाई विशेष अपिल गरेको छ ।
जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता र आपसी समझदारीबाट मात्र सम्भव हुने भएको भन्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले सम्पूर्ण प्रदेश महासंघ तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघ तथा महासंघसंग आवद्ध सम्पूर्ण सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा अग्रसर भई सामाजिक सद्भाव कायम राख्न विज्ञप्ति मार्फत आग्रह गरे ।
उक्त घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको स्मरण गराउँदै महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको दैनिक जीवनयापनका साथै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पुर्याउने स्पष्ट पारेको छ ।
शान्ति र सामाजिक सद्भाव नै मुलुकको समृद्धि र आर्थिक विकासको मुख्य पूर्वसर्त भएको भन्दै महासंघले सबैलाई संयमित रहन आग्रह समेत गरेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै